रामजी र प्रविशाले स्वर दिएको ‘मनमा पिर’मा बादल र प्रियना, भिडियो युट्युब ट्रेन्डिङमा



काठमाडौं । ‘मनमा पिर’बोलको गीत सार्वजनिक गरिएको छ । बुधबार साँझ सार्वजनिक गीतको भिडियो युट्युब ट्रेन्डिङमा प्रवेश गर्दै अगाडि उक्लिरहेको छ ।

रामजी खाँड र प्रविशा अधिकारीको स्वर रहेको यस गीतको शब्द रामकान्त न्यौपानेले कोरेका हुन् । बादल घिमिरेको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् ।

विक्रम चौहानको कथा एवं निर्देशनमा तयार भिडियोमा बादल घिमिरे र प्रियना आचार्यको अभिनय छ । भिडियोले सामाजिक कथा प्रस्तुत गरेको छ । गीतका संगीतकार एवं मोडल बादल स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको बताउँछन् । ‘गीत टे«न्डिङमा पनि अगाडि आईरहेको छ । भ्युज पनि राम्रो गईरहेको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे घिमिरे भन्छन्, ‘रेस्पोन्स पनि सबैले राम्रो दिनुभएको छ ।’

प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा सागर भण्डारी र पुष्पलता भट्टराई लगायतको समेत अभिनय छ । मिलन विश्वकर्माको सम्पादनपश्चात ‘नमस्ते प्लस’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.