‘जी–बब’को ‘फाइनल्ली भेटियो’ रिलिज, गीतले पाउँदैछ लोभलाग्दो भ्युज



काठमाडौं । पछिल्लो समयका चल्तिका ¥यापर ‘जी–बब’को नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक गरिएको छ । बुधबार बेलुकी राजधानीको ठमेलको एक कार्यक्रमकाबीच सार्वजनिक गीतले भ्युज राम्रो पाईरहेको छ । ‘जी–बब’ले नै तयार पारेको यो गीतको भिडियो उनी स्वयंम प्रस्तुत छन् ।

माइकल चन्दको निर्देशनमा तयार भिडियोमा ‘जी–बब’सँगै नायिका सारा श्रीपाइली र मोडल डेलविसले अभिनय गरेका छन् । भिडियोलाई निर्देशक चन्दले एक्सन शैलीमा पनि उतारेका छन् । अपहरणमा परेका ‘जी–बब’लाई सारा र डेलविसले अपराधीको पञ्चाबाट निकालेको भिडियोमा देखाइएको छ ।

‘ट्री इन्टरटेन्मेन्ट’ले निर्माण गरेको यो भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन, शिलन लम्सालको सम्पादन छ । १८ घण्टा नपुग्दै भिडियोलाई झण्डै ३ लाख ५० हजार दर्शकले हेरिसकेका छन् । एएनटीएफ गायन प्रतिस्पर्धाबाट चम्किएका ‘जी–बब’ले यसअघि चलचित्र ‘ए मेरो हजुर ४’का लागि गीत गाएका थिए । ‘फाइनल्ली भेटियो’ जी–बबको पहिलो अफिसियल भिडियो हो । युवा पुस्तामाझ लोभलाग्दो क्रेज बनाएका ‘जी–बब’को वास्तविक नाम भने सुदीप भण्डारी हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.