प्रदीप शाही निर्देशित ‘अन्तिम संस्कार’मा दीयादेखि विजयसम्मका कलाकारहरुको अभिनय रहने



काठमाडौं । निर्देशक प्रदीप शाहीले निर्देशन गर्न लागेको चलचित्र ‘अन्तिम संस्कार’मा अभिनेत्री दीया पुन अनुबन्धित भएकी छिन् । निर्माण टिमले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो ।

विनोद सुवेदी (खत्री)को निर्माण रहने चलचित्रमा दीयासँगै विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री ), सस्मिता गिरी, श्याम राई आदी कलाकारहरुको अभिनय रहनेछ । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रर्दशनको तयारीमा छ ।

‘अन्तिम संस्कार’ अब केही समयपछाडि छांयाकनमा जाने निर्माता सुवेदीले जानकारी दिए । शाही प्रोडक्सन प्रा.लीको व्यानरमा सामाजिक कथामा चलचित्र निर्माण हुन लागेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.