राज सिग्देलको ‘पहिलो चोटी‘मा अञ्जली (भिडियो)



काठमाण्डौं। बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको रचना तथा सुगम संगीतका चर्चित गायक राज सिग्देलको आवाजमा रहेको गजल ‘पहिलो चोटी‘को भिडियो सार्वजनिक गरिएको छ । राजेश थापाको संगीत रहेको सो गजलमा दिक्षित पौडेलले संगीत संयोजन गरेका छन्। अनुप चापागाईँको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको छायाँकन तथा विकाश दाहालको सम्पादन रहेको छ।

भिडियोमा गायक राज र मोडल अञ्जली अधिकारको अभिनय रहेको छ । शब्द, संगीत,स्वर तथा भिडियो सबै पक्षबाट स्तरियतामा ध्यान दिइएको भान हुने गजल ‘पहिलो चोटीे’ ले आम श्रोता दर्शकहरुको मन जित्ने विश्वास निर्माण टिमको रहेको छ ।