बाबु छोराको सल्लाहमा सेक्स


Raj-Acharya
(सेलिब्रेटी नेपाल) ८ असार-हास्य टेलि सिरियल ‘तीतो-सत्य’ मा लामो समयदेखि बालकलाकारको भूमिका निर्वाह गर्दै आएका राज आचार्य अहिले पनि तितो सत्यमा अभिनय गरिरहेका छन्। स्कुल जाने बालकको भूमिका निर्वाह गर्दै यो श्रृंखलामा प्रवेश गरेका राज अहिले कलेज पढ्ने किशोरको भूमिकामा देखिँदैछन्। श्रृंखलामा दीपकराज गिरी तथा दीपाश्री निरौलाको छोराको भूमिका निर्वाह गरेर आफ्नो अलग पहिचान बनाएका राज यतिबेला चलचित्र निर्माताका रूपमा समेत व्यस्त छन्।यहि असार १४ गते बाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘लभ फर एभर’ का निर्माता राज नै हुन्। उक्त चलचित्रमा उनले अभिनय समेत गरेका छन्।

रंगमञ्चको लामो अभिनयपछि सानो पर्दा हुँदै ठूलो पर्दासम्म आइपुगेका शंकर आचार्य (राज का पिता) यो चलचित्रका निर्देशक हुन्। चलचित्रमा बाबु छोराले सल्लाह गरेर नै नायिका सुमिन घिमिरे लाई भरपुर ग्ल्यामर सीन हरुमा अभिनय गराएका छन्। अहिले सुमिनाले बोलेका केहि सम्बाद हरुले गर्दा चलचित्रको बजारमा निकै चर्चा छ। यो चलचित्र बाट निर्देशक शंकर आचार्य निकै आशा बादी देखिएका छन्। ‘लभ फर एभर’नायिका सुमिना घिमिरे नायक गजित बिस्ट नायक निरज बराल तथा बाबु छोरा शंकर र राज आचार्यको लागि पनि ठुलो चुनौती रहेको छ। चलचित्रले कस्तो व्यापार गर्ला अबको एक हप्ता पछि थाहा हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.