रविनको ‘मेरी सानी’ मा आर्यन र रुविना (भिडियो)



काठमाडौँ। अभिनेता आर्यन सिग्देल र अभिनेत्री रुविना थापाको प्रेम झल्काइएको ‘मेरी सानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई छायाँकार सौरभ लामाले निर्देशन गरेका हुन् । डी.पी. खनाल र सादु खनालको शब्द रहेको गीतमा रविन लिम्बुको स्वर, शंकर थापा ‘स्माइल’को संगीत छ ।

आफ्नी मायालुसँग टाढा भएको एक प्रेमीले आफ्नी प्रेमिकालाई संझिएर यो गीत गाएका हुन् । हिमाल श्रेष्ठको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी, सौरभ लामाको डीओपी र निर्देशन, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.