बिनाको निर्देशनमा ‘उनी बोल्दिनन् अचेल’, भिडियोमा सरोज र करिश्मा [भिडियो]



काठमाडौं । सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा ‘उनी बोल्दिनन् अचेल’बोलको गीतको म्युजिक भिडियो तयार भएको छ । आनन्द कार्कीले स्वर दिएको यस गीतमा देवेन्द्र केसीको शब्द, शक्ति बल्लभको संगीत छ । गीतलाई मनोहर सुनमले एरेन्ज गरेका छन् । यसअघि पनि केही म्युजिक भिडियो निर्देशन गरिसकेकी बिनाको निर्देशन रहेको ‘उनी बोल्दिनन् अचेल’मा अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धरको अभिनय छ । उनीहरुको मनछुने अभिनय यस भिडियोमा हेर्न सकिन्छ । रश्मी शाक्य निर्माता रहेको भिडियोलाई उत्तम हुमागाईँले छायाँकन, अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।

भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.