शिरीष र ऋतुको स्वरमा आयो रोईला गीत ‘कहाँ हो तिम्रो मावल ?’ [भिडियो]



काठमाडाैं | गायक शिरीष देवकोटा र गायिका ऋतु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत सार्वजनिक भएको छ । बुधबार साँझ ‘कहाँ हो तिम्रो मावल’ बोलको रोइला गीत सार्वजनिक भएको हो । शिरीष देवकोटाकै शब्द एवं संगीत रहेको गीतलाई कृष्ण बि.क (भान्जा)ले एरेन्ज गरेका छन् ।

काजिश श्रेष्ठको निर्देशनमा यसको भिडियो तयार भएको हो । भिडियोमा मोडल अञ्जली अधिकारी र लोमश शर्माको नृत्य रहेको छ । साथै, गायक/गायिका पनि भिडियोमा प्रस्तुत छन् । रोइला गीतका पर्याय नै मानिने शिरीषको एक वर्षको अन्तरमा यो नयाँ रोइला गीत सार्वजनिक भएको हो । गतवर्ष उनको ‘बोलिदेऊ आधार’ बोलको रोइला गीत सार्वजनिक भएको थियो ।

शिरीषका ‘खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’, ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा’, ‘दुर्गा हौ कि भवानी, बढ्दै गा‘को जवानी’, ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, माया लाउन मिल्छ र’ जस्ता रोइला गीत निकै चर्चित मानिन्छन् । नयाँ रोइला गीत ‘कहाँ हो तिम्रो मावल’लाई पनि श्रोता एवं दर्शकले रुचाउने विश्वास लिएका छन् । ‘कहाँ हो तिम्रो मावल’को भिडियोलाई अजय रेग्मीले क्यामेरामा कैद गरेका हुन् भने दीपक विष्टले यसको सम्पादन एवं कलर गरेका हुन् । भिडियो गायिकाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.