‘कबड्डी ४’ अभिनेत्री मिरुना र फुर्पाबीच सहमति जुट्यो [सहमतिपत्रसहित]



काठमाडौं । अभिनेत्री मिरुना मगरमाथि भएको दुव्र्यवहार घटना सम्बन्धि प्रकरणमा सहमति जुटेको छ । ‘कबड्डी ४’ अभिनेत्री मगर र ओरोपि फुर्पा तामाङ्गबीच समझदारी भएको हो । मिरुना र आरोपी फुर्पा दुबैले आ–आफ्नो गल्ती स्वीकार गर्दै समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदर्शनरत चलचित्र ‘कबड्डी ४’ को दर्शकसँग साक्षात्कार गर्ने क्रममा गत आइतबार सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी मिरुनाले आफूमाथि अभद्र दुव्र्यवहार भएको बताएकी थिइन् । घटनापश्चात मिरुनाले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपश्चात प्रहरीले मुगु स्थायी घर भएका फुर्पा तामाङलाई प्रकाउन गरेको थियो । पक्राउ परेका तामाङ आज रिहा भएका छन् । रिहा भएपश्चात चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो ।

उनीहरु दुबैले आआफ्नो गल्ती स्वीकार्दै क्षमायाचना गरेका छन् । दुबै पक्षबीचको छलफलमा आगामी दिनहरुमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिप्पणी नगर्ने तथा समाजमा धार्मीक तथा साम्प्रदायिक द्धेश फैलिन नदिन सबै सरोकारवाला निकाय, जातिय तथा धार्मिक संघसंगठनहरुसमक्ष अपिल गर्दै राजीखुशीसाथ पत्रमा हस्ताक्षर गरिएको उल्लेख छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.