जौनको लेखन,निर्माण र निर्देशनमा चलचित्र ‘आँखा’ को निर्माण घोषणा



काठमाडौँ। चलचित्र ‘आँखा’ को औपचारिक निर्माण घोषणा भएको छ । सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलनकाबीच उक्त चलचित्र निर्माणको घोषणा गरिएको हो । जौन योन्जनको लेखन,निर्माण र निर्देशन रहेको चलचित्रमा थुप्रै लोकप्रिय कलाकारहरुको अभिनय रहने छ ।

चलचित्रमा आर.के मेहता,अस्मिता लामिछाने,बुद्धि तामाङ,निशा अधिकारी,पशुपति राई,बिजय बराल ,राजन खतिवडा, प्रवीण खतिवडा,रेनुका कार्की ढाेली , रबिन्द्र झा,कृष्णभत्त महर्जन, अभय बराल, सरोज खनाल,लुनिभा तुलाधर,सरोज लामिछाने,दिपक कोईराला र मोहन अधिकारी लगायतका कलाकारहरुको अभिनय रहने बताईएको छ ।

निर्माण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लेखक, निर्माता र निर्देशक जौन यौन्जनले चलचित्रले नेपाली कलालाई व्यापकरुपमा कैद गर्ने बताए । ” यो चलचित्रले दर्शकहरुको आँखामा शितलता ल्याउन सहयोग गर्ने छ ।” उनले भने, ” ‘आँखा’लाई राम्रो बनाउन हामी हदैसम्मको मेहनत गर्ने छौ ।”चलचित्रमा निकै फरक कथाबस्तु छ,आशा छ हामी दर्शकहरुलाई खुशी पार्न सफल हुनेछौं ।” उनले थपे । चलचित्रकालागि कार्यक्रममा उपस्थित कलाकारहरुले नयाँ टिम र राम्रो कथाबस्तु भित्र काम गर्न पाएकोमा खुशी व्यक्त गरे । चलचित्र आउँदाे जेठ २० गतेदेखि छायांकनमा जानेछ ।

अशोक शुक्लाले छायांकन गर्ने फिल्ममा संगीत दिपक आरजेको रहनेछ भने द्वन्द्व रेवन्तविक्रम थापाको रहनेछ । करण साउद कला निर्देशक रहेको फिल्ममा सन्तोष मल्ल मुख्य सहायक निर्देशक रहँदा ध्रुब कार्की, अम्विका नेपाली र सञ्जय भाल सहायक निर्देशकमा छन् । सुवाससिंह ठकुरी प्रोडक्सन डिजाइनर छन् । अर्को वर्ष २०८० मा प्रदर्सन लक्ष्य राखिएको फिल्मलाई आरआर फिल्मस्ले वितरणको जिम्मा लिइसकेको छ । ढाका टोपी फिल्मस्,साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म बन्नेछ ।