सुगम र अस्मिताको ‘नजर’ मा महेश र सरिता (भिडियो)



काठमाडौं। संगीतकार राजन तिमिल्सिनाको संगीत निर्देशनमा युगल गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘नजर…’ बोलको गीतमा लोकप्रिय गायक सुगम पोखरेल तथा गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरु डा.प्रकाश पौडेलले रचना गरेका हुन् ।

राजन ईशानको अवधारणामा तयार भएको भिडियोमा महेश खड्का र सरिता ठगुन्नाले अभिनय गरेका छन् । सन्तोष भुजेल भिडियोका कोरियोग्राफर हुन् ।शिवराम श्रेष्ठद्वारा छायांकन गरिएको यो भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा रंग संयोजन गरेका छन् । बिजेश–राजनको जोडीले यो भिडियो निर्देशन गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.