कान्समा नेपाली शर्ट फिल्म ‘लोरी’लाई स्पेसल मेन्सन अवार्ड



काठमाडौँ। कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ ले पुरस्कार जित्न सफल भएको छ । अविनाश विक्रम शाह निर्देशित फिल्मले सर्ट फिल्म विधामा स्पेसल मेन्सन अवार्ड जितेको हो । यो अवार्ड जुरी टिमले फिल्मलाई दिएको हो ।

फेस्टिभलको अन्तिम दिन प्रदर्शन भएको फिल्मले स्ट्यान्डिंग ओभेसन पाएको छायांकार उज्जव बस्ताकोटीले बताए । १ सय ४० देशबाट सहभागी ३५०७ फिल्मबाट ‘लोरी’ले उत्कृष्ट ९ मा ठाउँ बनाएको हो । १४ मिनेट लामो फिल्मले समाजको विद्यमान कुरीति देखाएको छ । फिल्ममा अंकिता यादव, प्रीति झा र सरिता शाहको अभिनय छ । कान्सको ७५ औँ संस्करण शनिबार साँझ सकिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.