सिंगापुरमा भाँचियो केकी को २४ कम्मर (भिडियो सहित)


keki-and-abinash cbn
(सेलिब्रेटी नेपाल) ७ असार-टिएनआरजी प्रोडक्सनको व्यानरमा टंक लिम्बूले निर्माण गरेको चलचित्र ‘माई प्रमिश’ को हाल पोष्टप्रोडक्सनको काम भई रहेको छ।
चलचित्रका निर्देशक सुरज सुब्बा हुन् सुरज सुब्बा अहिलेका ब्यस्त निर्देशक हुन्। निर्देशकका अनुसार चलचित्र भाद्रमा रिलिज गर्ने तयारी छ। हालै मात्र चलचित्रको एक गीत रिलिज गरिएको छ।

महेश खड्काको शब्द तथा संगीतमा राजेश पायल राई र रजिना रिमालको स्वर रहेको प्रस्तुत डान्सिङ आईटममा केकी अधिकारीको साथमा सिङ्गापुरे लाहुरेद्धय नर लिम्बु र रमेश राईलाई गोबिन्द राईले आफ्नै स्टाईलमा नचाएका छन् ।

लभस्टोरी बेसमा निर्माण गरिएको चलचित्रको सुटिङ सिङ्गापुरमा नेपालमा गरिएको हो । दलालको फन्दामा परेर सिंगापुर पुर्‍याइएकी एक युवतीको कथालाई बुनिएको चलचित्रको कथा निर्देशक सुब्बाले नै लेखेका हुन्। केकी, नर र रमेशको साथमा विल्सन विक्रम राई, अनुराग मान सिहं कुवँर, आकाश खवास, मार्टिन खानलगायतको अभिनय हेर्न सकिनेछ ।
keki-adh-my-promise

Copyright © 2012 - 2026 | All Right Reserved.