‘वर एण्ड वधु’ मार्फत डेब्यु गर्दै रबिना



काठमाडौँ। सानै उमेरदेखि कलाकार बन्ने चाहना बोकेकी रबिना केसीको सपना अब पूरा हुने भएको छ । उनको सपना चलचित्र ‘वर एण्ड वधु’मार्फत पूरा हुन लागेको हो । पूर्वको सुन्दर नगरी धरानकी स्थायी केसी काठमाडौंलाई कर्मथलो बनाएर सिने नगरीमा आफूलाई स्थापित गर्न लागिपरेकी छन् यतिवेला ।

रबिनाले यसअघि बिभिन्न गीतका भिडियो, विज्ञापनमा काम गरिसकेकी छन् । ‘वर एण्ड वधु’ मा अडिसनवाट छानिएकी उनी हर्षित हुँदै भनिन्, ‘एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा आफूलाइ भाग्यमानि ठानेको छु । आफूले पाएको भूमिकालाई राम्रोसँग निभाउने आफूमा पूर्ण बिस्वाश लिएको उनले बताइन । उनले खबरहबको “मेरो रंगमञ्च” कार्यक्रममा पनि आफ्नो अभिनय प्रस्तुत गरेकी छिन । निर्माण युनिटले काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्र‘वर एण्ड वधु’को औपचारिक निर्माण घोषणा गरेको हो ।

चलचित्र मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । यो चलचित्रमा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, नव कलकार रविना केसी, सृष्टि खड्काको अलवा र नव अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहने छ ।

जेठ अन्त्यदेखि छायांकन सुरु हुने चलचित्रको रोमानिया, इटाली र फ्रान्समा छायांकन गर्ने तयारी रहेको चाम्सले बताए । नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।