काठमाडौँ। गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ। पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा ठाकुर गौचन,करिश्मा ढकाल,अमर थापा,पुस्कर बिबेक थापा र गणेश नेपालीको अभिनय रहेको छ। भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।