स्वरुपको सन्देशमुलक गीत ‘खोजी हिडे’ सार्वजनिक (भिडियो)



काठमाडौँ। पछिल्लो समय समाजमा बढी रहेको बलात्कार जस्तो जघन्य अपराधको घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार भामा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत ‘खोजी हिडे’ सार्वजनिक गरिएको हो । अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामाङले संगीत दिएका छन् । भामा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन् । आफ्नो कार्य क्षेत्र अमेरिका नै भएपनि उनको नेपाल आउने जाने क्रम बाक्लै हुने गरेको छ ।

भिडियोमा डा.प्रमोद शर्मा र अमृता श्रेष्ठको साथमा खेमनाथ खनालले समेत अभिनय गरेका छन् । भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन। दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रभामा क्रिएसन नामक युटुब च्यानाल मार्फत सार्वजनिक गरिएको छ ।