काठमाडौँ। गायक सुमन शेखर मानन्धरको स्वरमा सजिएको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीतआइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुनिलथापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ ।
मुख्य गरी मुगुको रारामा खिचिएको गीतले हिन्दी र उर्दूभाषी पर्यटकलाई नेपाल आकर्षित गर्ने अपेक्षा राखेको गीत निर्माणमा संलग्न टिमको धारणा थियो । गीतकार तथा संगीतकार इम्तियाजवफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरे । यसैगरि, गायक सुमन शेखरले भारतीय उपमहाद्धिपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दूभाषीजनतालाई नेपाल बोलाउने अभिप्राय सहित गीततयार गरेको जानकारी गराए । कुनै समय अध्ययनका लागि पाकिस्तान बसेका गायक मानन्धरले सोही बसाइले आफूलाई उर्दू गीतगजल र शायरीमा चाख बसेको र सोही चाखलाई लामो समयपछि यो गीतमार्फत अभिव्यक्त गरेको बताए ।
निर्देशक जनकदीप पराजुलीले टिसिरिजको च्यानलमा नेपालीकलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतःपहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षाव्यक्त गरे । ‘टिसिरिज जस्तो भारतकै एक नम्बर कम्पनीमा नेपालीप्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा हो । योसँगै गीतले पर्यटनलाई पनि केही न केहीफाइदा गरोस् भन्ने हाम्रो चाहनाहो,’ पराजुलीले भने ।
कार्यक्रममागीतलाई शुभकामनादिनपुगेका वरिष्ठ चलचित्रकर्मी नीर शाहले सुमन शेखर मानन्धरका बुबासँगको सामीप्य स्मरण गर्दै सम्पूर्ण टिमको मेहनतको प्रशंसा गरेका थिए ।
नीर शाहले आफू पनिगीत संगीतको विद्यार्थी भएको बताउँदै गीत र दृश्यको संगमले उत्कृष्ट सिर्जना तयार भएको धारणा राखेका थिए । ‘कसैलाई लाग्ला हिन्दीगीतको किन यति चर्चा तर म भन्छु हामी उनीहरूको मनमा बस्ने उनीहरूकै भाषा र शैलीप्रयोग गरेर बस्ने हो । यस्तो गर्दा कसैले अन्तररास्ट्रीय भन्छ कि भन्ने पिर गर्नु पर्दैन,’नीर शाहको भनाइ थियो ।
यसैगरि कार्यक्रममा निर्माण टिमलाई शुभकामना दिँदै पूर्व विकास बोर्ड अध्यक्ष राजकुमार राईले आफू मौलिकताको पक्षधर भए पनि प्राविधिक रुपमा बलियो गीत तयार गरेकोले यसले दीर्घकालीन रुपमा नेपाली कलाकार र प्राविधिकलाई फाइदा पुर्याउने विश्वास व्यक्त गरे । सन्जिव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने गीतमा सम्पादन तथा भीएफएक्स धुव्रराज पराजुलीको रहेको छ ।