स्टार भएर कलिवुड यात्रा सुरु गरेकी रुपा लाई भ्याई नभ्याई


rupa-khanal
(सेलिब्रेटी नेपाल) ६ असार-अभिनेत्री रुपा खनाललाई पछिल्लो समय भ्याई नभ्याई छ। चलचित्र ‘स्टार’को छायाँकन सकेपछि उनी अर्को चलचित्र ‘राहदानी’मा आवद्ध भएकी थिइन्। सो चलचित्रको छायाँकन सकिन नपाउँदै उनी यतिबेला अर्को सिनेमा ‘बर्दी’मा आवद्ध भएकी छन्। मार्सलआर्टमा समेत राम्रो दक्षता भएकी उनी यो चलचित्रमा प्रहरीको सहकर्मी भूमिकामा देखा पर्दैछिन्। संचारकर्मी कुमार आचार्यले निर्माण गर्न लागेको चलचित्रलाई विजय विक्रम बस्नेतले निर्देशन गर्दैछन्। उनको अलावा चलचित्रमा अनु शाह, कुशल थापा, विरेन डीसी, शिव खड्का, सरोज शाह, भानु प्रताप आदी छनौटमा परेका छन्।

असारको दोस्रो साताबाट ‘बर्दी’ को छायाँकन सुरु हुँदैछ। चलचित्रले देशमा ‘बर्दी’ लगाएको प्रहरी नै भएन भने कस्तो अवस्था सिर्जन होला भन्ने देखाउन खोजेको छ। निर्देशक बस्नेतले भने,’नेताहरुले प्रहरीलाई कसरी प्रयोग गर्छन् भन्ने बिषयलाई जडमा पुगेर देखाउने प्रयासमा छौ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.