रोशाको स्वरमा मर्मस्पर्शी ‘झोला’ सार्वजनिक (भिडियो)



काठमाडौँ। प्रथम सारेगमप लिटिल च्याम्स नेपालकी दोस्रो विजेता बाल गायिका रोशा फुयालको स्वरमा रहेको गहन भावको गीत ‘झोला’ सार्वजनिक गरिएको छ। अत्यन्तै गहिरो मर्म बोकेको यस गीतले मानवीय जीवनवृत्तका यथार्थपरक भावहरुलाई समेटेको छ। गीतमा रचनाकार सुमन श्रापितले मान्छेको जिन्दगीलाई भारी बोक्ने एउटा झोलासँग तुलना गरेका छन्। बी. बी. अनुरागीको सङ्गीत रहेको यस गीतमा किरण विश्वकर्माको सङ्गीत संयोजन रहेको छ।

मेचीनगर, झापा स्थायी बसोबास गर्ने प्रतिभाशाली गायिका रोशा फुयालले १० बर्षको उमेरमा रमेश सङ्ग्रौलाको सङ्गीतमा पहिलोपटक गीत रेकर्ड गरेकी थिईन् भने केहीदिन अघि मात्र गीत रेकर्डकै सिलसिला बनाएर झापाबाट काठमाण्डौ आएकी उनले ६ वटा गीत रेकर्ड गरेकी छिन्। जसमध्ये ‘मलाई विर्स नभनिदेऊ’ बोलको गीत केहीदिन अघि रिलिज भएको थियो भने ‘झोला’ हाल सालै सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.