अमेरिका जान चाहनेले हेर्नै पर्ने चलचित्र ‘लाईफ ईन एलए’ : निर्देशक सूर्य



काठमाडौँ। नेपाली चलचित्र ‘लाईफ ईन एलए’ यही शुक्रबार ६ जेठबाट देशव्यापी रुपमा रिलिज हुँदैछ । चलचित्रलाई सूर्य श्रेष्ठले निर्देशन गरेका हुन् । यो फिल्मबाट सूर्यले नेपाली चलचित्र निर्देेशनमा डेब्यु गर्दैछन् । बिगत लामो समयदेखि अमेरिका बस्दै आएका उनी अमेरिकाको लस एन्जलस (एलए) मा बस्छन् ।

आफुले निर्देशन गरेको चलचित्र ‘लाईफ ईन एलए’को प्रचारको लागि यतीेबेला नेपाल आएका यी निर्देशक यो चलचित्रबाट नेपाली बिधार्थीहरुले अमेरिका पढ्न जाँदा भोगेको समस्यालाई आफुले प्रस्तुत गर्न लागेको बताएका छन् । चलचित्रको निर्देशकले भने,‘अमेरिका अहिले नेपाली विधार्थीहरुका लागि उच्च शिक्षा हाँसिल गर्न निकै ठुलो आकर्षकको केन्द्र बनेको छ र त्यहाँ लाखौं नेपालीहरु उच्च शिक्षा हाँसिल गर्न गएका छन् । अमेरिका पुगेपछि ती विधार्थीहरुले भोग्नु पर्ने समस्यालाई नजिकबाट नियाल्ने अबसर मैले पाएका कारण सोही कुरालाई यो चलचित्रमा उतारेको छु ।’

यो चलचित्रबाट उनी निकै उत्साहित पनि छन् । लामो समयदेखि अमेरिका बस्दै आएका हाइड्रो तथा इलेक्ट्रिक इन्जियिनर बास बिसु फिल्मको मुख्य नायक हुन् । आधा दशकदेखि अमेरिकामै बस्दै आएकी अभिनेत्री अकेशा बिष्ट, नेपालबाट अभिनेता अभिनेत्री शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङलाई समेटेर उनले यो चलचित्र तयार गरेका छन् । चलचित्रलाई नेपाल र अमेरिका दुबै ठाउँमा छायाँकन गरिएको निर्देशक सूर्यले बताए ।