धर्मेन्द्रको शब्द संगीतमा राजको ‘चाहिँदैन मलाई’ (भिडियो)



काठमाडौँ। गायक राज के गोस्वामी आफ्नो नयाँ शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। बुद्ध जयन्तीको अवसर पारेर गायक गोस्वामीले आफ्नो पृथक शैलीको नयाँ गीत ‘चाहिँदैन मलाई’ सार्वजनिक गरेका हुन् ।

गायक गोस्वामीले गायक धर्मेन्द्र सेवानको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा स्वर दिएका छन् । नेपाली टचको प्रस्तुतिमा तयार भएको यो गीतको म्युजिक भिडियोलाई गायक गोस्वामीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । यस गीतमा प्रज्वल लामाले संगीत संयोजन गरेका छन् ।

ओस्कार बार एण्ड ग्रिलमा छायांकन गरिएको यो गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका हुन् । लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका गोस्वामी अष्ट्रेलियाका विभिन्न शहरहरुमा कन्सर्टसहितका कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.