अकेशाको प्रेम पिडामा ब्यास (भिडियो)



काठमाडौँ। आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक गरिएको ‘बसन’ बोलको वियोगान्त गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट फिचर्ड छन् ।

विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको सिनेमालाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय रहेको सिनेमाको अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको हो ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई अभिनेता ब्यास आफैंले निर्माण गरेका हुन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाको कार्यकारी निर्मातामा संसार सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । सिनेमाको अमेरिका पार्टको छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको पार्ट बाबु श्रेष्ठले खिचेका हुन् ।