‘मन बिगार्यो स्त्री जातैले’ भन्दैछन् पुष्प र सुधिर [म्युजिक भिडियो]



काठमाडौं । गीतकार डिआर उपाध्यायको शब्दमा तयार भएको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार उपाध्यायले विभिन्न कृतिको माध्यमबाट थुप्रै पटक विश्व रेकर्डमा नाम लेखाईसकेका छन् ।
प्रदाप दास र रचना रिमालको स्वर समावेश ‘स्त्री जातैले’ गीतमा बाबुल गिरीको संगीत एवं एरेन्ज छ । बाबुलले यो गीतलाई डान्सिङ बिटमा तयार पारेका छन् । गीतको भिडियोमा लोकप्रिय मोडलहरुको अभनिय रहेको छ । पुष्प खड्का, सुधिर श्रेष्ठ, उषा उप्रेती, प्रियाना आचार्यको डान्स भिडियोमा हेर्न सकिन्छ ।

दुई हट सुन्दरीको अगाडि मदिराले मात्तिएका २ पुरुषले स्त्री जातैले मन विगारेको कुरा गरेको गीतमा सुन्न सकिन्छ । निर्देशक माइकल चन्दले भिडियोलाई आकर्षक बनाएका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियो शिलन लम्सालको सम्पादनपछि सार्वजनिक भएको हो । भिडियो ‘डिआर म्युजिक एण्ड क्रियशन’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।