मदनकृष्णको जन्मदिन पारेर ‘एउटा सपना छ’को लिजेन्ड्री भर्सन सार्वजनिक



काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर एवं अभिनय रहेको ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक गरिएको छ ।

मंगलबार मदनकृष्णको जन्मदिनको अवसर पारेर उनको स्वर एवं अभिनय रहेको ‘एउटा सपना छ’गीतको लिजेन्ड्री भर्सन सार्वजनिक गरिएको हो । राजधानीमा एक कार्यक्रमकाबीच उनको ७२ औं जन्मदिनको केक काट्दै उक्त गीत पनि सार्वजनिक गरिएको हो । पुष्पन प्रधानको शब्द एवं संगीत रहेको ‘एउटा सपना छ’गीत गतवर्ष मुन प्रसाईँको आवाजमा फिमेल भर्सन र पुष्पनकै आवाजमा मेल भर्सन सार्वजनिक भएको थियो ।

तस्वीर : गोपिकृष्ण चापागाईँ

दुबै भर्सनलाई स्रोता एवं दर्शकले रुचाएसँगै अहिले मदनकृष्णको स्वरमा लिजेन्ड्री भर्सन तयार गरेर सार्वजनिक गरिएको हो । मदनकृष्णकी छोरी सरना श्रेष्ठको कथा, कसेप्ट र निर्देशनमा फिल्मी शैलीमा भिडियो तयार भएको हो । भिडियोमा मदनकृष्ण र अभिनेत्री आँचल शर्माको अभिनय छ । कार्यक्रममा मदनकृष्णले आफू शारिरीक रुपमा कमजोर भएपनि आत्मबल भने बलियो रहेको बताए । मदनकृष्णकी छोरी सरनाले पनि बुबाका लागी आफूले गीतसंगीतकै क्षेत्रमा केही गर्ने चाहाना भएको भन्दै बिभिन्न गीतकै काम गरिरहेको बताईन् । उत्तम हुमागाइँको छायाँकन रहेको भिडियोमा हरि हुमागाइँको डिओपी एवं सम्पादन छ ।