आलाप–२ मा कन्हैयाको ठुलो आशा


kanhaiya-singh-album
(सेलिब्रेटी नेपाल) ३ असार-गायक कन्हैया सिंहको एकल एल्बम आलाप–२ को विमोचन गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा एल्बम बिमोचन भएको हो।कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक दीप श्रेष्ठको हातबाट आलाप–२ को विमोचन गरिएको हो। वरिष्ठ संगीतकार राजु सिंहले आलाप–२ माथि समीक्षा गर्दै सबै पक्ष सबल भएको बताएका थिए। दिप श्रेष्ठले सदाबहार बन्न गीतकार, संगीतकार र गायकलाई अनुरोध गरे। साथै उनले गायक कन्हैया सिंहको गायकीका बारेमा चर्चा गर्दै एल्बमको सफलताको शुभकामना दिएका थिए।

एल्बममा जम्मा ६ वटा नयाँ तथा एउटा पुरानै गीत लाई बोनसको रुपमा समाबेश गरियको छ। मन हुनेको माया, मुटुमा पीडा भएपनि, कस्तो पीडा दिएर गयौं, तिमीले त घात गरी, मैच्याङ, म हुँ पश्चिमको छोरो र तिम्ले भुल्न सके पनि जस्ता गीतहरु समावेश गरिएका छन्। एल्बमका गीतमा श्रीकृष्ण बममल्ल, विनोद रोका, विष्णु पौडेल, राम अबिरल, माधव लामिछाने र गायक कन्हैया सिंहको शब्द रहेको छ भने संगीतकारहरुमा श्रीकृष्ण बममल्ल, सन्तोष श्रेष्ठ, झलक संगीतम्, बीबी अनुरागी र गायक स्वयम्कै रहेको छ । एल्बमलाई टिकागोपाल एम क्रियशनले बजार व्यवस्थापन गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.