गीतकार गिरीको ‘हाँस तिमी’ सार्वजनिक (भिडियो )



काठमाडौं। लामो समय देखि युकेमा रहेकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ‘हाँस तिमी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सेण्टिमेण्टल भर्सनको गीतमा गायिका मेलिना नेवारको स्वर र संगीतकार बसन्त थापाको संगीत रहेको छ।

सार्वजनिक गीतलाई विसन मान्धरले संगीत संयोजन गरेका हुन्। कुशल श्रेष्ठको छायाँकन तथा सम्पादन रहेको भिडियोमा सिर्जना नाङ्खगेलु र सन्तोष राई फिचर्ड छन्। कुशल श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार गीता गिरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ । यसअघि गीतकार गिरीको शब्दमा समावेश ’ए पहरी फुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ।