प्रशान्त,रबिन र शिशिरलाई मन पर्यो सौगात र दीयाको ‘मन्त्र’



काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन्त्र’ को आज आइतवार सेलिब्रेटी राखिएको थियो। रन्जना सिनेप्लेक्स न्युरोडमा रखिएको शोमा कलाकार प्रशान्त ताम्राकार,रबिन तामाङ,शिशिर वाङ्गेदल लगायतले चलचित्र हेरेका छन्। शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र’मन्त्र’ ले उत्कृस्ट प्रतिक्रिया पाई रहेको छ । खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’मा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ । प्रशान्त ताम्राकार,रबिन तामाङ,शिशिर वाङ्गेदलले चलचित्र हेरी सकेपछी चलचित्र राम्रो बनेको र मन छुने बनेको प्रतिक्रिया दिए। तिनै जनाले प्रतिक्रिया दिंदै चलचित्र हेरेर २ घण्टा आफुले मज्जाले बिताएको बताए।

मनास्लु हिमाल आसपासको सुन्दर लोकेशनमा छायाँकन गरिएको चलचित्रले हिमाली प्रेमकथा प्रस्तुत गर्छ । केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

गत बुधबार राजधानीमा गरिएको ‘प्रिमियर’मा चलचित्रकर्मीबाट ‘मन्त्र’लाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । छायाँकन, लोकेशन, ब्याकराउण्डस्कोर, कथावस्तुलाई चलचित्रकर्मीले खुलेर प्रशंसा गरेका थिए ।

चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई आम दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा रहेको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्रमा मित्र डि.गुरुङको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.