चक्रको ‘चस्मा’ भिडियोमा कमेन्ट गर्दा रिचार्जकार्ड



काठमाडौँ। गायक तथा संगीतकार चक्र बमको नयाँ गीत ‘चस्मा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चक्रको शब्द तथा संगीत छ। सार्वजनिक गीतमा अस्मिता अधिकारी र समिर आचार्यले स्वर दिएका छन् । पश्चिमेली पहाडी भाकाको डान्सिङ नम्बरमा चक्रसँगै मोडल कविता न्यौपानेले कम्मर मर्काएका छन् ।

गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियो नेपमोले निर्माण गरेको हो। सार्वजनिक भिडियोमा पवन सुस्लिङको छायांकन र नविन निरौलाको सम्पादन छ ।

गीत रिलिजसँगै निर्माण पक्षले कमेन्ट बक्समा गएर प्रतिक्रिया जनाउने २ सय दर्शकलाई सयको डाटा रिचार्ज गरिदिने व्यवस्था गरेको छ । यो सुविधा पाउन आफ्नो मोबाइल नम्बरपनि कमेन्टमा छोड्नु पर्ने हुन्छ । विदेशमा भएका दर्शकले नेपालमा रहने आफन्तको नम्बर राख्न सक्ने निर्माण पक्षले बताएको छ ।