‘आँधि तुफान २’ श्रावण २० गतेबाट प्रदर्शनमा आउने



काठमाडौं। कोराना महामारीका बीच निर्माण गरिएको सिनेमा ‘आँधि तुफान २’को पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ । आगामी श्रावण २० गतेबाट प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारलाई स्थान दिइएको छ ।

सस्पेन्स थ्रिलर सिनेमालाई व्यावसायीक रुपमा निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ । लेडिज एक्शन सिनेमाले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । २०६३ सालमा निर्माण भएको सिनेमाआँधि तुफान’को सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गरेका छन् ।

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा रवी गिरी,संजय खतिवडा, पुस्कर राउत, सन्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।

सिनेमामा लेखक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्जुन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ । सिनेमाको आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.