मेचुको ‘तिम्रो सम्झना’ मा रोहिणी र लक्ष्मण (भिडियो)



काठमाडौँ। मेचु धिमालको स्वर रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रो सम्झना’ बोलको गीतले प्रेमभाव बोलेको छ ।

सार्वजनिक गीतमा शब्द राजु लामाको छ भने संगीत पनि लामाले नै भरेका छन् । भिडियोमा मोडल रोहिणी मिश्रले लक्ष्मण देवकोटासँग प्रेम साटेकी छिन् । रोहिणी र लक्ष्मणबीच कतै प्रेमको पीडा त कतै रोमान्सका दृश्य भिडियोमा जोडिएका छन् । शोभा मिश्रको निर्देशनमा बनेको भिडियोमा छायांकन अर्जुनको छ भने सम्पादन विनोद बमले गरेका छन् । भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.