४४ जना सहभागीलाइ पछि पार्दै अमृता अधिकारीले एसएलसी प्रिन्सेजको ताज पहिरिन


slc--princess-2013

(सेलिब्रेटी नेपाल) १ असार-(A Gateway For Higher Education & Career) यही मूल नाराका साथ सिजन मिडियाले विगत ३ वर्ष देखि गदै आएको “काठमाण्डौं वर्षा एसएलसी प्रिन्सेज–२०१३” को अन्तिम प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ ।

सहभागी ४४ जनालाइ पछि पार्दै प्रतियोगी नं ४२ अमृता अधिकारीले वाजी मारिन् । भने फष्ट रनर अप सलोनी भट्टराई प्रतियोगी नं. २५ ले चुम्न सफल भइन् । त्यस्तै सेकेन्ड रनर अप आयुसा वस्नेत प्रतियोगी नं. २ ले प्राप्त गरिन्, त्यस्तै थर्ड रनर अपमा प्राची अर्याल र फोर्थ रनर अपमा आचल दवाडी विजेता घोशित भइन् ।

slc-prinsess-2013

उक्त कार्यक्रममा विभिन्न टाइटलहरु अन्तर्गत क्रमश: मिस पपुलर डिम्पल भट्टराई, अर्गनाइजर च्वाइस अवार्ड आयुसा वस्नेत, भ्यूअर्स च्वाइस अवार्ड सुमी कुँवर, त्यस्तै वेष्ट वाक सितुसित वस्नेत, फेसवुक मल्टीमीडीया अवार्ड श्रीयाङ्का थापा, डिस्टीङ्सन अवार्ड सृष्टी सुमन ओझा र रुचीका वस्नेत, मिस इनोसेन्ट मुना गौचन, मिस फोटोजेनीक एन्जीसा श्रेष्ठ, वेष्ट स्माइल अफिसा श्रेष्ठ, वेष्ट हेयर संगीता वास्कोटा, फेन्डसीप अवार्ड समृदी धिताल एजुकेशन अवार्ड अनीसा खड्का, मिस डिसिपिलिन आकृती सिजापती, मिस पर्सनालीटी आंचल दवाडी साथै ट्यालेन्ट अवार्ड उत्र्कषा गौतमले हात पारिन् भने वेष्ट डेस तृष्णा भण्डारीले हात पारिन् ।

उक्त कार्यक्रमको निर्णायक मण्डलमा सुभतारा स्कुलका प्रेम गुरुङ, प्राइम कलेजका प्रिन्सीपल नरेस प्रसाद श्रेष्ठ, सिनियर विमान परिचारीका अन्जली शर्मा खनाल, मिस इन्टरनेशनल नेपाल २०१२ की विजेता सुभेक्षा खड्का, गायीका इन्दीरा जोसी, नेपाली चलचित्र निमार्ता निर्देशक आकाश अधिकारी र मेगा वैङ्ककी चिफ विजनेश अफिसर रविना देशराज श्रेष्ठ द्धारा उक्त कार्यक्रममा निर्णायक मण्डलको भुमीका खेल्नु भएको थियो ।

एसएलसी प्रिन्सेज २०१३ प्रतियोगिताका विजेताले एसएलसी प्रिन्सेजको ताज र उपाधि सहित ल्यापटप, र  प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा प्सटु शिक्षामा फुल स्कलरसीपमा पढ्न पाउनुका साथै अन्य गिफ्टहयाम्परहरु पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः आइप्याड ट्याव र मोवाइल प्सटुमा २ वर्षको फुल स्कलरसीपमा पढ्न पाउने र अन्य गिफ्ट हयाम्परहरु प्राप्त गर्ने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.