शोभितको चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु



काठमाडौं। शोभित बस्नेतको निर्देशन रहने चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु भएको छ । शुक्रवार जुम्ला जिल्लाको पटमारा गाउँबाट निर्देशक बस्नेतले चलचित्रको छायांकन थालेका हुन् । चलचित्रमा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बहादुर रोकाया, ललित जङ्ग महतलगायतको अभिनय रहनेछ ।

ज्ञान कुमार कट्टेल छायाँकार रहेको चलचित्रलाई गौतमराज खड्काले सम्पादन गर्नेछन् । निर्देशक बस्नेतले चलचित्रमा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई उठान गरिने जानकारी दिए । चलचित्रले एउटा पृथक र वास्तविक कथा भन्ने उनको भनाई छ ।

कर्णाली क्षेत्रको भाषा तथा भेषभुषा र रहनसहनलाई समेत प्रस्तुत गरिने चलचित्रको कर्णाली प्रदेशको १० वटै जिल्लामा छायांकन हुनेछ । एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने चलचित्रमा शान्ता शर्माको लगानी रहनेछ । चलचित्रमा नवदत्त न्यौपानको संगीत र रामकृष्ण बुड्थापाको कथा छ । निर्देशनमा शोभितलाई रामजी राउतले सघाउनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.