मिलनले ल्याए ‘आमा’बोलको गीत



काठमाडौं । गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । नजिकिँदो मातातिर्थ औसी अर्थात आमाको मुख हेर्न दिनलाई लक्षित गर्दै श्रेष्ठले शुक्रबार यो गीत सार्वजनिक गरेका हुन् । हाल अमेरिकामा बस्दै आएका श्रेष्ठले राजनराज शिवाकोटीको शब्द एवं संगीतमा गीतमा स्वर दिएका हुन् । गीतलाई सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् ।

युवराज वाइबाको निर्देशनमा तयार भिडियोमा गायक मिलन स्वयंमका साथमा चरित्र अभिनेत्री रश्मी भट्टको अभिनय रहेको छ । निशाल पौडेलको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

‘मिलन गीता श्रेष्ठ’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गायक मिलनले यसअघि ‘मायालाई चिनो’, ‘भावनामा’, ‘तिरिरी तिरिरी’, ‘तिमी बिना’, ‘फर्किन चाहान्छु’ लगायत दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.