यो साता छैन नयाँ नेपाली चलचित्र



काठमाडौं । फ्राइडे रिलिजमा यो साता कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएको छैन । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ नै अहिले देशभरका हलहरूमा प्रदर्शनरत छ । यता, दक्षिण भारतिय चलचित्र ‘केजीएफ : च्याप्टर २’ पनि यतिबेला नेपाली हलहरूमा प्रदर्शनरत छ । अघिल्लो साता दक्षिण भारतीय र नेपाली गरि दुई प्रतीक्षित चलचित्र प्रदर्शनमा आएका कारण पनि निर्माताले यो साता नेपाली चलचित्र रिलिज नगरेका हुन् । यी दुवै चलचित्रले दोस्रो सातामा पनि राम्रो दर्शक पाइरहेका छन् ।

आगामी शुक्रवार भने नयाँ नेपाली चलचित्र ‘मन्त्र’ प्रदर्शनमा आउँदैछ । खिल बहादुर गुरुङको निर्देशन रहेको ‘मन्त्र’मा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.