पूजा र आकाश अभिनित ‘सम्झना विर्सना’को ट्रेलर रिलिज



काठमाडौं । नेपाली कथानक चलचित्र ‘सम्झना विर्सना’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेमकथामा निर्माण गरिएको चलचित्रको सोमबार सार्वजनिक ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माबीचको प्रेममा आउने उतारचढावलाई देखाईएको छ ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवनपद्धतीको प्रेमकथामा निर्माण गरिएको चलचित्रलाई निमेष प्रधानले लेखन तथा निर्देशन गरेका हुन् । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको चलचित्रमा आकाश र पूजाका अलावा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय छ ।

‘आदित्य फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव ढकालले छायांकन, कमल राईले कोरियोग्राफी एवं तारा थापा ‘किम्भे’ले सम्पादज गरेका हुन् । भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको चलचित्र आगामी जेठ ६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.