नम्रता र रोशनको ‘नयाँ इतिहास’ (भिडियो)



काठमाडौँ। रोशन दास द्वारा निर्देशित गीत ‘नयाँ इतिहास’ सार्वजनिक गरिएको छ। अभिनाश राईद्वारा संगीतबद्ध यो गीतमा राजन कार्कीको स्वर समावेश छ भने यस गीतमा निर्देशक दास आफै र नम्रता अर्याल फिचर्ड छन् र संगीतकार पनि निर्देशक आफै रहेका छन् ।

नितेश घतानले खिचेको भिडियोको सम्पादन कबिरले गरेका छन्। सार्वजनिक गीतले नेपाली समाजमा रहिआएको जात व्यवस्थाले गर्दा हुने विभेदहरु दर्शाएको छ । यस्मा कसरी कथित उच्च जातका मान्छेले कथित तल्लो जातको मान्छेलाई प्रेम गर्दा भोग्नु परेको यातना, सामाजिक बहिस्कार जस्तो कुराहरु पनि दर्शाएको छ।