फिल्मका लागि फापेको नयाँ वर्ष म्युजिक भिडियोका लागि खराब



काठमाडौं । नयाँ वर्ष चलचित्रका लागि मात्रै होइन्, गीतसंगीत क्षेत्रका लागि उत्तिकै विशेष मानिएको छ । त्यसैले त नयाँवर्ष २०७९ को पहिलो दिन दुई दर्जन बढी गीतहरु युट्युबमा सार्वजनिक भए ।
यद्यपी, नयाँवर्षमा सार्वजनिक भएको चलचित्रले राम्रो दर्शक पाईरहँदा म्युजिक भिडियोलाई भने भ्युजको खडेरी देखिएको छ । अधिकांश गीतहरुको भ्युज निकै कम छ । जसले निर्माताहरुको निन्द्रा विगारेको छ ।

अधिकांश भिडियोहरु युट्युबमा बुष्ट गरिएको छ, तैपनी सार्वजनिक भएको दुई दिन बित्न लाग्दा पनि १ लाख भ्युज पाउन समेत हम्मेहम्मे देखिएको छ । नयाँ वर्षको अवसरमा बिहीबार सत्यराज आचार्य र मिलन नेवारको स्वरमा ‘सानी ¥याइँ ¥याइँ ¥याइँ’बोलको गीत सार्वजनिक भयो । लोकप्रिय गायक प्रकाश सपूत र अभिनेत्री आँचल शर्माको अभिनय रहेको भिडियोले शनिबार बिहानसम्म १ लाख १० हजार मात्रै भ्युज पाएको छ ।

गायक बसन्त थापा र गायिका लक्ष्मी मल्लको स्वरमा नयाँवर्षको पहिलो दिन ‘पाल्पाको चुकाउनी’बोलको गीत सार्वजनिक भएको छ । बसन्त थापा स्वयंम, सुनिल क्षेत्री, स्मारिका–समारिका ढकालको अभिनय रहेको भिडियोले दुई दिन बित्दा १ लाख पनि भ्युज पाएको छैन् । यता, पल शाह अभिनित म्युजिक भिडियोलाई पनि भ्युजको खडेरी छ । गायिका टीका प्रसाँई र गायक युवराज मगरको स्वरमा नयाँ वर्षको अवसरमा ‘प्लिज नभन है हुन्न’गीत सार्वजनिक गरिएको थियो । यद्यपी सार्वजनिक भएको दुई दिनमा पनि भिडियोले ५० हजार समेत भ्युज पाउन सकेको छैन् ।

नेपाली कांग्रेसको चुनावी गीत ‘छपा्प्पै रुखमा छाप लाउनी’ले पनि अपेक्षित भ्युज पाएको छैन् । बिहीबार विमलराज क्षेत्री, प्रीति आलेको स्वरमा सार्वजनिक गीतको भिडियोलाई शनिबार बिहानसम्म १२ हजार मात्रैले हेरेका छन् । दुई दिनमा १० हजार पनि भ्युज नपाउने भिडियोहरु समेत प्रसस्तै छन् ।