प्रमोदको ‘शान्ति खोज्न’ मा विजय लामा (भिडियो)



काठमाडौँ। नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ । सुदिपजंग थापाको शब्द रहेको गीतमा बिकाश चौधरीको संगीत रहेको छ । गीतका एरेन्जर रोशन बान्तवा हुन् । निकै मर्मस्पर्शी ‘शान्ति खोज्न’ गीतको भिडियोलाई सुमन श्रेष्ठ थापाले निर्माण गरेका हुन् ।

निर्देशक कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा विजय लामाको मुख्य भुमिका रहेको छ । साथै हिरा सापकोटा, निहिता सापकोटा, युवराज वाईबा, मौसमी खनाल, सरु लगायतको पनि अभिनय रहेको छ । भिडियोको छायांकन, सम्पादन तथा रंग संयोजन युवराज खत्रीले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.