कर्कश ! धेरैलाई उत्सुक यति धेरै माया ! मौकामा चौका


karkash  poster
(सेलिब्रेटी नेपाल) ३१ जेठ-‘कर्कश’ भन्ने वित्तिकै झर्कोलाग्दो वा इरिटेटिङ साउण्ड भन्ने बुझिन्छ तर यो नामले यतिबेला धेरैलाई उत्सुक बनाइरहेको छ। शुक्रबारदेखि यही नामको चलचित्रको प्रदर्शन देशभरिका हलमा भइरहेको छ।एक सांगितिक ब्याण्डको कथामा बनाइएको चलचित्रमा लागू पदार्थको विषय पनि उठाइएको छ । चलचित्रले प्रदर्शनअघि विभिन्न कलेजहरुमा लागुपदार्थ तथा धुमपान विरुद्व जनचेतना जगाउने अभियान पनि चलाएको थियो।

चलचित्रमा लागुपदार्थले पार्ने नकारात्मक कुरालाई समेटेको निर्देशक आशिफ शाहले बताए । चलचित्रबाट मनोरञ्जनसँगै जनचेतना जगाउने पनि गरिएको उनले बताए ।
आफ्नो चलचित्रको प्रोमो मात्रै नभइ चलचित्रनै निकै राम्रो रहेको उनले दावी गरे । सुन्नै मन नलाग्ने अवाजको रुपमा बुझिने ‘कर्कश’लाई दर्शकले हेर्न भने मन पराउने शाहले बताए।

शुक्रबारदेखि नै चलचित्र ‘यति धेरै माया’ भने काठमाडौं उपत्यकाका ११ वटा हलमा लागेको छ। शुक्रबारदेखि नै प्रर्दशनमा आउने भनेर प्रचार गरिएको चलचित्र ‘लभ स्टोरी २०६६’ मुम्बईमै रोकिएपछि ‘यति धेरै माया’ले प्रर्दशनको मौका पाएको हो । यो चलचित्रमा सुवास मेचे, सम्झना प्याकुरेल, श्याम कटुवाल, रामचन्द्र अधिकारी, भावना बिकलगायतका कलाकारको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.