‘ए मेरो हजुर ४’ टिमसँग सलोन बस्नेतको चित्त दुखेको हो ?



काठमाडौं । भोलि बिहीबार अर्थात बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘ए मेरो हजुर ४’ ।

सुनिलकुमार थापाको निर्माण, झरना थापाको निर्देशन रहेको यो चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ । चलचित्र प्रदर्शनको तयारीमा रहँदै गर्दा चलचित्रका निर्माता, निर्देशक एवं अभिनेता अनमोल र अभिनेत्री सुहाना प्रचार–प्रसारमा निकै लागिपरे । तर, चलचित्रको मुख्य भूमिकामै रहेका सलोन बस्नेत भने कहिँकतै देखिएनन् । उसो त चलचित्रको निर्माण टिमले चलचित्रको पोष्टरमा पनि सलोनलाई स्थान दिएको थिएन् ।

सोही कारण पनि सलोनको चित्त दुख्यो कि ? सलोनका बुबा निर्देशक शोभित बस्नेतले एक अन्तर्वातामा भनेका छन्, ‘अलिकति हेपाहा प्रवृत्ति पो भयो जस्तो पनि लाग्छ । सलोन पोष्टरमा आएन ठिक छ, अनमोल–सुहाना आउनुपर्छ । झरनाजिले जहिलेपनि राम्रो फिल्म बनाउनुभएको छ । उहाँहरुले यतिसम्म गर्नुभयो युट्युबमा टे«लर र गीतहरु आउँछ नी त्यहाँसम्म सलोनको नाम राख्न सक्नुभएन् । त्यसले अलिकति मन दुखेर सलोन नहिँडेको जस्तो लाग्छ । किनकी पहिले ए मेरो हजुर ३ मा, २ मा सलोन जहिलेपनि हिँडेको हो ।’