जगदिश समालको ‘लैजाउँला कान्छी’ मा आर्यन र नम्रता (भिडियो)



काठमाडौं। ‘नबिर्से तिमीलाई नपाए तिमीलाई’, ‘उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले’, ‘आओ यादहरु हो आओ’, ‘आधा उमेर निन्द्रामै बित्यो’, ‘सुन भनन’ जस्ता अलटाईम हिट गीतका गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’को भिडियो रिलीज भएको छ । प्रेमका रमाईला प्रसंग तथा प्रेमीकालाई दिईएका आश्वासन गीतले बोल्छ ।

यस गीतको भिडियोमा अभिनेता आर्यन सिग्देलले नायिका नम्रता सापकोटासँग जोडी बाँधेका छन् । भिडियोका निर्देशक विधान कार्की हुन् । सार्वजनिक गीत ‘डान्सिंग प्याटर्न’मा रहेको छ । ‘डान्सिंग प्याटर्न’ गायक समालले बिरलै गाउने गीतको शैलिमा पर्छ । संयुक्त राज्य अमेरिकामा सक्रिय नक्षत्र प्रोडक्शनको प्रस्तुती तथा लगानीमा तयार यस गीतका संगीतकार पुर्ण लामिछाने हुन् भने हरि सुजीको शब्द श्रृजना रहेको छ ।

अमेरिकाका शिक्षकहरूको प्रशंसा दिवसको अवसर पारी यो गीत र यसको भिडियो रिलीज गरिएको हो । दीपक एम सिंगको कोरियोग्राफी रहेको भिडियोका छायाँकार हरि हुमागाईं हुन् भने बिकास दाहालको सम्पादन तथा मनिषा पोखरेलको कला निर्देशन रहेको छ । नक्षत्र प्रोडक्शनको अफिसियल यूट्युब च्यानलबाट रिलीज भिडियोमा सुदिप सापकोटाको अतिथी भुमिकामा अभिनय रहेको छ । गीतका एरेन्जर आशिष अविरल हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.