गाउँपालिका उपाध्यक्ष सृजना तामाङको ‘हामी एमाले ,हाम्रो एमाले’ सार्वजनिक (भिडियो)



काठमाडौँ। सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका उपाध्यक्ष सृजना तामाङले आफ्नो शब्द रचनामा नयाँ गीत सार्वजनिक गरेकी छन्। गायक योगेश लामा र सावित्री अधिकारीको सुमधुर स्वरमा सजिएको ‘हामी एमाले ,हाम्रो एमाले’ बोलको गीत हालै युट्युबमा सार्वजनिक गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गीतमा तामाङले आफ्नो शब्दमा गीत ल्याएकी हुन् ।

देश संघियतामा गैसकेपछि २०७४ को स्थानीय निर्बाचनमा निर्वाचित भएर पाँच बर्ष जनताको सेवामा अहोरात्र खटेर सफल कार्यकाल पुरा गरेको बिषयमा आधारित संदेश गीतले दिन खोजेको छ।

गीतमा उपाध्यक्ष तामाङको शब्द रचना, कृष्ण आँशुको शब्द सम्पादन र गायक लामाकै संगीत संयोजन रहेको छ । सृजना तामाङको आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.