निर्देशक हमालको चलचित्रमा नायक हमालले एक्सन कट भने


sarank-muhart

(सेलिब्रेटी नेपाल) ३१ जेठ-नेपाली चलचित्रको बजारमा मन्दी छाए पनि चलचित्र निर्माणको क्रम घटेको छैन आज नयाँ चलचित्र ‘सारङ्क’को शुभमुहुर्त सम्पन्न भयो निर्माणाधिन चलचित्र ‘सारङ्क’को शुभमुहुर्त कार्यक्रममा राजेश हमालले एक्सन एन्ड कट भने त्यस्तै अभिनेत्री करिष्मा मानन्धरले क्ल्याप ठोकिन्। बिरेन्द्र हमालले निर्देशन गर्न लागेको चलचित्रमा थिएटरमा सक्रिय नव कलाकारहरुको अभिनय रहने छ।
चलचित्रमा सपना सिंह ठकुरी, कूशल बिष्ट, आकाश श्रेष्ठ, सुवर्ण खड्का, नवराज कार्की, सन्दिप योञ्जन, निरन्जन शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।चलचित्रको छायांकन आइतबारबाट सुरु हुने निर्देशक हमालले कार्यक्रममा जानकारी गराए।

चलचित्रमा सागर सिंह ठकुरीको पटकथा तथा संवाद, बिष्णु बराईलीको छायाँकन, बीरेन शाक्यको संगीत, किरण दाहालको द्धन्दनिर्देशन तथा देबेन्द्र कुवँरको कोरियोग्राफी रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.