टुँडिखेलमा मनोज गजुरेलले दर्शक हँसाउने


काठमाडौँ। चर्चित हास्य कलाकार मनोज गजुरेलले टुँडिखेलमा दर्शक हँसाउने भएका छन् । गजुरेलले नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने ‘सेलेब्रेसन’ कार्यक्रममा विभिन्न हाँस्य प्रस्तुति दिने भएका हुन् ।

ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, संगीतिक प्रस्तुति, नृत्य लगायत विभिन्न प्रस्तुति रहने आयोजक पक्षले जनाएको छ । ‘गायन, नृत्य र ध्यानसँगै नयाँ वर्ष मनाउनु बिगतको भन्दा बेग्लै अनुभव हुनेछ’ आयोजक स्वामी आनन्द अरुणले भने, ‘नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गराऔं भन्ने अर्काे उद्देश्य पनि हो ।’ यो कार्यक्रमले नयाँ वर्षमा ध्यानमा रमाउन सहगोग गर्ने समेत आनन्द अरुणको भनाई रहेको छ ।

कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान, विश्वप्रसिद्ध निर्गुण कवीरवाणी गायक एवम् पद्मश्री विभूषित प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिको अलवा ‘कुटुम्ब’ ब्यान्डको लाइभ प्रस्तुति रहनेछ । कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिसा पौडेल, वीणा वादक रोशन शर्मा, अभिनेत्री नम्रता सापकोटा समेतले दर्शकलाई मनोरञ्जन दिलाउने आयोजकले जनाएको छ ।

मौलिक नेपाली पर्वहरू ओझेल परिरहेको वर्तमान सामाजिक परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउन कार्यक्रम आयोजना गरिएको हो । मध्यान्ह ४ बजेबाट सुरु हुने कार्यक्रममा दर्शकलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.