पूजा–आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत रिलिज



काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्झना बिर्सना’को गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै आगामी जेठ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा समावेश ‘परेलीमा’ बोलको प्रेमगीत सार्वजनिक गरिएको हो ।

अञ्जु पन्त र निमेश प्रधानले स्वर दिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । भिडियोमा उनीहरुलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । निमेशकै शब्द, संगीत एवं एरेन्ज समेत रहेको गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरेका हुन् ।

निमेश प्रधानको कथा, पटकथा एवं निर्देशन रहेको चलचित्रमा पूजा र आकाशका अलावा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राना लगायतका कलाकारहरुको अभिनय छ । आदित्य प्रधान र रेबिका प्रधान यस चलचित्रका निर्माता हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.