प्रदीप भट्टराईको नयाँ चलचित्र ‘महापुरुष’ मा मह जोडी



काठमाडौँ। चलचित्र ‘जात्रा’ मार्फतआफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ चलचित्र ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाख तेस्रो साताबाट चलचित्रको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले स्क्रिप्टको काम लगभग सकिएको बताए ।

जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका ‘शत्रुगते’ र ‘जात्रैजात्रा’ लाई पनि दर्शकले रुचाइसकेका छन् । उनले यसपटक जात्रा सिरिजभन्दा बाहिरको ‘महापुरुष’ टाइटलमा फिल्म गर्दैछन् ।

प्रदीपले निर्देशन गर्ने चलचित्रलाई रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो । महजोडी अर्थात् वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने चलचित्रमा गौरी मल्ल,अरुण क्षेत्रि रवीन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय रहनेछ ।