राष्ट्रिय चलचित्र पुरस्कार तीन विधा थप गरि १८ बिधामा प्रदान गरिने


nfdc-award(सेलिब्रेटी नेपाल) ३१ जेठ नेपाल चलचित्र विकास कम्पनि लि.को आयोजनामा ०६९ देखी शुरु गरिएको राष्ट्रिय चलचित्र पुरस्कारको दोस्रो संस्करणका लागि ३ बिधा थप गरिने भएको छ ।पहिलो संस्करणमा १५ बिधा मात्र रहेकोमा यसलाई अझ बृहत बनाउन तीन बिधा थप गरि १८ बिधा पुर्यैयको हो । नेपाल चलचित्र बिकास कम्पनिले जनाए अनुसार थप गरिएका तीन बिधाहरुमा नव नायक, नव नायिका र पाश्र्व संगीत रहेका छन् । नेपाली चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तित्वहरुमा सर्मपण गरिने यो अवार्डका उल्लेखित बिधाहरुलाई क्रमश कलाकार विश्व बस्नेत, कलाकार चैत्य देवी र संगीतकार शुभ बहादुर सुनाममा सर्मपित गरीएको छ । जस अनुसार अब ‘बिश्व’ सर्वोत्कृष्ट नवनायक, ‘चैत्य’ सर्वोत्कृष्ट नवनायिका र ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीत रहने छन् ।

अवार्डको दोस्रो संस्करण अन्र्तगत साउन ५ गते आर्मी अफिसर्स क्लबमा भब्य समारोहको आयोजना गरी अवार्ड प्रदान गरिने छ ।

‘विश्व’ सर्वोत्कृष्ट नवनायक, राष्ट्रिय चलचित्र पुरस्कार

चलचित्र ‘सिन्दुर’ मार्फत् अभिनेता विश्व बस्नेत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको हो । पुनामा गएर अभिनय प्रशिक्षण लिनुभएका बस्नेत चलचित्र निर्माता र निर्देशक पनि हुनुहुन्छ । उहाँले अन्यायबाट निर्माण यात्राको थालनी गर्नुभयो भने भर्खर मात्र चलचित्र स्कुलको निर्देशन गर्नुभएको छ । नायकका रुपमा प्रबेश गरि चलचित्र क्षेत्रका बिबिध पाटाहरुमा आफुलाई संलग्न गराउर्दै बस्नेतले यस क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँमा नै सर्मपित गरि सर्वोत्कृष्ट नवनायकलाई ट्रफी, प्रमाण पत्र सहित रु ५१ हजार राशीको ‘विश्व’ सर्वोत्कृष्ट नवनायक, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिने छ ।


‘चैत्य’ सर्वोत्कृष्ट नवनायिका, राष्ट्रिय चलचित्र पुरस्कार

चैत्यदेवी नेपाल भित्रै बनेको पहिलो नेपाली चलचित्र ‘आमा’ बाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको हो । त्यसपछी नेपालकै पहिलो रङ्गिन चलचित्र ‘कुमारी’मा नायिकाको भुमिकामा देखिनु भएकी नेपालकै पहिलो दिक्षित अभिनेत्री चैत्यदेवीले स्वर्गीय निर्देशक प्रकाश थापाको निर्देशनमा बनेको चलचित्र ‘जीवनरेखा’मा सहनिर्देशकका रूपमा काम गरी नेपाली चलचित्र क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँमा नै सर्मपित गरि सर्वोत्कृष्ट नवनायिकालाई ट्रफी, प्रमाण पत्र सहित रु ५१ हजार राशीको ‘चैत्य’ सर्वोत्कृष्ट नवनायिका, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिने छ ।

‘शुभ’ सर्वोत्कृष्ट पाश्र्वसंगीत, राष्ट्रिय चलचित्र पुरस्कार

चलचित्र ‘के घर के डेरा’बाट नेपाली चलचित्रमा संगितकारको रुपमा प्रबेश गरी चलचित्र ‘चाहाना’ बाट एकल संगीतकारका रुपमा अगाडी बढ्नु भयो । हाल संगीत बिद्यालयमा कार्यरत सुनामले संंगीत क्षेत्रमा आउन चाहने थुप्रै नव प्रबेशीहरुलाई प्रशिक्षण समेत दिइरहनु भएको छ । उहाँले नेपाली चलचित्र क्षेत्रमा संगीतकार शुभ बहादुर सुनामले पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँमा नै सर्मपित गरि सर्वोत्कृष्ट पाश्र्वसंगीतका लागि ट्रफी, प्रमाण पत्र सहित रु ५१ हजार राशीको ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्वसंगीत, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.