‘हेल्लो जिन्दगी’ प्रदर्शनमा



काठमाडौँ। आज शुक्रवारबाट चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ । गत हप्ता प्रदर्शनमा आएको साउथ चलचित्र ‘आरआरआर’को दबदबाबीच प्रदर्शनमा उत्रिएको चलचित्रले मल्टीप्लेक्समा औसत शो पाएको छ । देशभरका अधिकांश सिंगल थिएटर भने चलचित्रले आफ्नो कब्जामा बनाएको छ ।

एभरेष्ट सूर्य बोहोरा निर्देशित चलचित्र त्रिकोणात्मक प्रेमकथामा बनेको हो । चलचित्रलाई वास्तविक घटनाबाट प्रभावित भनिएको छ । निर्देशक बोहराकै लेखन रहेको चलचित्रमा विक्रम डि जोशी, दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विक्रम डि जोशी चलचित्रको निर्मातामा छन् भने हिराल जोशीले निर्माणमा साथ दिएकी छन् । त्यस्तै, कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । चलचित्रको कथा लेखनमा निर्देशक बोहरालाई विक्रमले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.