किन किन राजेशमा जवानी बढे पछि


Rajesh-kin-kin

(सेलिब्रेटी नेपाल) ३० जेठ-आगामी साउन ३२  गते देखि प्रदर्शनमा आउने भनिएको  चलचित्र’किन किन’मा राजेश हमाल भिन्न  गेटअफमा देखिने भएका छन् ।  यस चलचित्रलाई उकेश दाहालले निर्देशन गरेका हुन् ।यस चलचित्रमा नायक राजेश हमाललाई दुइ भिन्न चरित्रमा देख्न सकिने छ । भने नव नायिका अरुणिमा लामाको नाङ्गो तस्वीर पनि देख्न सकिने छ ।
यौनका बिषयमा चलचित्र पलपलमा बनाएर निकै चर्चा कमाएका यी निर्देशकले चलचित्र किन किनमा पनि यौन कै बिषयमा बनाएका छन्। चलचित्रमा उनले यौनका अनेक दृश्य समेटेका छन्। चलचित्र क्षेत्रमा यौनमुखि चलचित्रको ट्रेन भित्र्याउन सफल निर्देशक उकेसले पलपलमा भन्दा हट दृश्यहरु किनकिनमा आफुले समेटेको बताए। उनले भने, पलपलमा भन्दा केही गुना धेरै हट दृश्य किनकिनमा राखेको छु। यसमा दर्शककै चाहना अनुरुपका भरपूर रोमान्टिक दृश्यहरु समेटेको उनले दाबी गरे।
Rajesh-kin-kin-2
त्यस्तै चलचित्रमा नायिका  करिष्मा मानन्धर र राजेश हमाले कम्मर मर्काएर नाचेको देख्न सकिन्छ । यो चलचित्रमा सेक्सलाई बढी महत्व दिएर निर्माण गरिएको छ । चलचित्रमा नव नायिका अरुणिमा लामालाई राजेशले  पुरै नग्न देख्नेछन् । यस चलचित्रलाई सेन्सर बोर्ड ले एडल्ट सर्टिफिकेट दिइसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.