सौगात र विशाखाको ‘हाम्रो माया जाल’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक सौगात थापा र विशाखा बिसीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘हाम्रो माया जाल’बोलको गीतमा शब्द उत्तम बर्तौलाको तथा संगीत सीएल शर्माको रहेको छ। बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोमा जिग्मे करण गुरुङ र जीया जोशी फिचर्ड छन्। सुदीप बिस्टले छायाँकन तथा सम्पादन गरेको भिडियोका निर्देशक नमित चन्द ठकुरी हुन्।